नियम ११
लिलाम बिक्री गर्न सक्ने
(१) नियम ६ को उपनियम (७) बमोजिम जफत गरिएको पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री क्वारेन्टाइन अधिकृतले लिलाम बिक्री गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम लिलाम विक्री गर्दा क्वारेन्टाइन अधिकृतले अवस्था हेरी सात दिनदेखि पन्ध्र दिनसम्मको म्याद दिई देहायका कुराहरू समेत खुलाई सूचना प्रकाशन गर्नु पर्नेछ :
–
(क) पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्रीको विवरण,
(ख) न्यूनतम मूल्य,
(ग) लिलाम बढाबढ हुने मिति, समय र स्थान,
(घ) लिलाम सकार गर्न बोलिएको अंकको पाँच प्रतिशतले हुने नगद धरौटी राख्नु पर्ने कुरा,
(ङ) अन्य आवश्यक कुराहरू ।
३) उपनियम (२) को खण्ड (ख) बमोजिम न्यूनतम मूल्य निर्धारण गर्नको लागि देहायको मूल्य निर्धारण समिति रहनेछ ः-
(क) क्वारेन्टाइन अधिकृत – अध्यक्ष
(ख) प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय वा भन्सार कार्यालय – सदस्य
(ग) प्रतिनिधि, कोष तथा लेखा नियन्त्रक कार्यालय – सदस्य
(४) लिलाम सकार गरेको पशु, पशु जन्य पदार्थ वा पशु उत्पादन सामग्री तोकेको अवधिभित्र कबोल गरेको पूरा रकम बुझाई नउठाएमा राखिएको धरौटी जफत गरी पुन लिलाम गर्न सकिनेछ ।
(५) लिलाम बढाबढ गर्दा न्यूनतम मूल्य कबोल नगरेमा पुन लिलाम बढाबढ गराउनु पर्नेछ । यसरी पुन लिलाम बढाबढ गर्दा न्यूनतम् मूल्यको दश प्रतिशतसम्म घटि कबोल हुन आएमा पनि लिलाम विक्री गर्न सकिनेछ । यसरी पनि लिलाम बढाबढ हुन नसकेमा क्वारेन्टाइन अधिकृतले जिल्ला प्रशासन कार्यालय वा भन्सार कार्यालय र कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रतिनिधिहरूको रोहवरमा सिधै विक्री गर्न सक्नेछ ।